Logo आश्विन ९, २०७७ शुक्रबार


यस कारण बढ्याे सुनकाे मूल्य

काठमाडाैं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेपछि सुनको मूल्य बढेको व्यवसायीले बताएका छन् । विश्वका ठूला बैंकहरुमा निक्षेप जम्मा भएको अवस्थामा लगानी कर्ताहरुले सुन बजारलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा लिँदा लगानी बढाएको व्यवसायीको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आकाशिने क्रम नरोकिएकाले नेपाली बजारमा अझैपनि यसको असर देखिने अनुमान छ । हाल दुई हजार २२ डलर हाराहारीमा अन्तर्राष्ट्रिय बजारमा रेकर्ड बनाएको सुनको भाउ केही दिनमै २५ सय डलरसम्म पुग्ने व्यवसायीको अनुमान छ । यसअनुसार केही दिनमै सुनको मूल्य तोलामा १ लाख ३० हजार रुपैयासम्म पुग्न सक्ने देखिएकाे छ ।

गतवर्ष साउन अन्तिमसम्ममा सुन तोलाको ७१ हजार ५ सय रुपैयाँ सम्ममा किनबेच भएको थियो । गत वर्ष साउन २१ गते तोलाको ६८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । एक वर्षमा सुन तोलामा ३३ हजार रुपैयाँभन्दा बढीले बढेको हो । सुनको मूल्य अत्याधिक बढेपछि किन्नेभन्दा बेच्नेको संख्या बढी रहेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’