Logo माघ १४, २०७७ बुधबार


सहायक सिडियोको गाडी दुर्घटना, प्रशासनले जानकारी दिएन

आशिष बहादुर सिंह
बझाङ । सहायक प्रमुख जिल्ला अधिकारी र अनुसन्धानका डिएसपी चडेको गाडी दुर्घटना भएको एक साता हुँदा पनि  प्रशासनले यथार्थ  जानकारी दिएकाे छैन । कैलालीमा गत शनिबार दिउँसो बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाईकललाई ठक्कर दिएपछि एक जना घाईते भएका थिए तर प्रशासनले गाडीका चालक तथा घटनाका बारेमा यथार्थ जानकारी दिन अस्वीकार गरेकाे छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाईते भएका थिए ।  स्थानीय अस्पतालमा उनकाे उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको थियो । तर  नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाडाैं रेफर गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयाे । ईलाका प्रहरी कार्यालय लम्कीचुहाले उक्त गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्यो। मोटरसाईकल ठक्कर दिने गाडी जिल्ला प्रशासन कार्यालय बझाङको रहेको खुलेको थियो।

प्रमुख जिल्ला अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्की र अनुसन्धानका डिएसपी देवेन्द्र थापा चडेर गएको जानकारी भएपनि गाडी चालकका बारेमा भने केही खुलाउन मानेका छैनन् । जिल्ला प्रशासनको गाडी कसले चलाएको छ भन्ने जानकारी नभएकाे उहाँले बताउनुभयाे  ।

सामाजिक सञ्जालमा अहिले टिका टिप्पणी हुन थालेको छ । निजी गाडी चलाउँदा चालकलाई कानुन बमोजिम कार्बाही हुने सरकारी गाडी चलाउने चालकको पहिचान खुलाउन नमान्ने प्रशासनको विरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।