Logo आश्विन १५, २०७७ बिहीबार


रञ्जनका ‘नाबालक’ छोराले सर्वोच्चमा दिए निवेदन

काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल बसेर रिहा भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाका दुई छोराले सर्वोच्च अदालतमा निवेदन दिएका छन् । रञ्जनका दुई छोराले बिहीबार आफ्ना बुवा निर्दाेष भएको भन्दै सर्वोच्चमा निवेदन दिएका हुन् ।

रञ्जनका छोराहरु २३ वर्षका आयुष र १९ वर्षका आर्यनले आफ्ना बाबु निर्दोष रहेको भन्दै प्रधानन्यायाधीशलाई सम्बोधन गरेर निवेदन दिएका छन् । उनीहरूले बुवा निर्दाेष भएकाे र मामलिपक्षबाट मामलिपक्षले आफूहरुमाथि अन्याय गरेको दाबी समेत गरेका छन्।

पत्नी हत्या आरोपमा जिल्ला र पुनरावेदन अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालाई जिल्ला अदालत र पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याएर ८ वर्ष ६ महिनामात्रै सजाय कायम गरेको थियो । सोहीअनुसार ८ वर्ष ६ महिना जेल सजाय पूरा गरी उनी साउन ८ मा रिहा भएका थिए । घटना नियतवस नभएकाे र नाबालक छाेराहरूकाे हेरचार र शिक्षाका लागि उनलाइ रिहा गरिएकाे समेत बताइएकाे थियाे ।

रञ्जन छुटेपछि चित्त नबुझेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरावलोकन गर्न सर्वोच्चमा निवेदन दर्ता गरेको छ । सोही अनुसार कैद कटौतीको फैसलाउपर पुनरावलोकन गर्ने आदेश भएको छ । यता रञ्जनका छोराहरुले भने बुबा निर्दोष भएको भन्दै सर्वोच्चमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।