Logo आश्विन १५, २०७७ बिहीबार


होटल खुलेः पाहुना आएनन्

बागलुङ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चार महिना लामो लकडाउनका कारण ठूलो मारमा परेका होटल व्यवसाय खुल्न थाले पनि सुनसान जस्ता देखिएका छन् । बन्दाबन्दीका कारण ठप्प बागलुङको होटल व्यवसाय सरकारको निर्णयसँगै यही साउन १५ देखि खुलाइए पनि व्यवसायी उत्साहित बन्न सकेका छैनन् ।

बन्दाबन्दी खुलेपछि केही चलायमान हुनेमा व्यवसायी आशावादी भए पनि कोरोना सङ्क्रमणको सन्त्रास यथावत् रहेका कारण होटल खुलाउने मात्रै काम भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।

पछिल्लो समय बागलुङमा विदेशी पर्यटकको समेत आकर्षण बढ्न थालेको थियो भने मुस्ताङ भ्रमणका लागि जाने आन्तरिक तथा भारतीय पर्यटक बागलुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनका लागिसमेत आउन थालेका थिए । कोरोना भाइरसका कारण सबै गतिविधि ठप्प छन् ।

सरकारले न्यूनतम मापदण्ड पूरा गरी होटल खुलाउन भनेपछि होटल खुला गरेको भए पनि पाहुना नआएको शीतल पार्टी प्यालेसका सञ्चालक तालबहादुर कुँवरले बताउनुभयो । होटल हिल भ्यूका सञ्चालक ललिता थापाले होटलको ढोका खोले पनि तत्कालै उत्साहजनक हिसाबले पाहुना आउने अवस्था नरहेको बताउनुभयो ।

पर्यटनसँग आवद्ध व्यवसाय उठ्नै नसक्ने गरी थला पर्न थालेको पर्यटन व्यवासायीले गुनासो गर्दै आएका छन् । सामाजिक दूरी कायम गर्नुपर्ने र सुरक्षा मापदण्ड अपनाउनुपर्ने समयमा घुम्ने रहर भए पनि मनमै खुम्च्याउन पर्यटक बाध्य भएपछि पर्यटन व्यवसाय ठप्प प्रायः बनेको बागलुङ पर्यटन विकास समितका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

कोरोना सङ्क्रमणको समयमा होटल क्वारेन्टिन बनाएर जिल्ला सदरमुकामका होटलले केही विदेशबाट आएका पाहुना राखेभन्दा अरू पाहुना नआएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक…

अहिले प्रदेश एक, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइरहेको छ ।