Logo आश्विन १४, २०७७ बुधबार


उपत्यकामा अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण अप्रत्याशित ढङ्गले बढेपछि काठमाडौं , ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा १५ दिनका लागि स्थगित गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र उच्च सुरक्षा अधिकारी सम्मिलित शुक्रबारको बैठकले साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण नियन्त्रण गर्न आवश्यक सतर्कता अपनाउँदा–अपनाउँदै पनि कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड लागेकाले जोखिम बढेसँंगै शान्तिसुरक्षा, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् व्यवस्थापन बाहेक अन्य काम स्थगित गरिएको काठमाडौँका प्रजिअ दाहालले जानकारी दिनुुभयो । करिब तीन महिना लामो बन्दाबन्दी अन्त्य गरी सार्वजनिक सेवा प्रवाह सुचारु गर्ने–गराउने सरकारको निर्णय अनुसार असार १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण सेवा नियमित गरिएको स्मरण गराउँदै उहाँले नागरिकको स्वास्थ्य सुरक्षा गर्न सो निर्णय गरेको स्पष्ट पार्नुभयो । जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने नागरिकता, प्रतिलिपि, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता, राहदानी, नाबालक परिचय पत्र लगायतका सम्पूर्ण सेवा स्थगित गरिएका छन् । अत्यावश्यक सेवाग्राहीलाई मास्क, सामाजिक दूरी र सेनिटाइजर प्रयोग गर्न अनिवार्य गरिएको छ ।

अनावश्यक भीडभाड नगरी सामाजिक तथा भौतिक दूरी कायम राखी गफगाफ तथा आवतजावत गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन अपिल गरिएको छ । स्वास्थ्य सतर्कता नअपनाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाहीको चेतावनी दिइएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…