Logo आश्विन १४, २०७७ बुधबार


मदिरा सेवन र बिक्रीमा रोक, १० हजार जरिवाना

बैतडी । यहाँका २ नगरपालिकामा मदिरा सेवन र बिक्री वितरणमा रोक लगाइएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको हाे ।

पुर्चौंडीको वडानम्बर ३ ढंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको हो। मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न समस्या सिर्जना भएकाले बेचबिखन र सेवनमा रोक लगाएको हो । समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले बताउनुभयो । त्यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई ५ हजार जरिवाना गरिने पनि समितिले निर्णयगरेको छ ।

मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले यसको बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो । यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिकाको वडानम्बर ७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले बताउनुभयो । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा ५ हजार ५ सय ५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।

मदिरा सेवन गरी होहल्ला गरेमा २ हजार ६ सय र मदिरा ओसारपोसार गरेमा २ हजार जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिनुभयो । कसैले जुवातास खेलाएमा १ हजार ५ सय र जुवातास खेलेमा १ हजार जरिवाना गर्ने पनि समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…