Logo आश्विन १४, २०७७ बुधबार


कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु

नवलपरासी । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ । शनिबार बिहान रुपन्देहीको रोहिणी गाउँपालिका वडानम्बर ४ छिपागडस्थित हुलाकी सडक खण्डमा  लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाइतेहरुलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएको र उपचारको क्रममा ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरुमध्ये १ जनाको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु भएका रुपन्देही ओमसतिया गाउँपालिका वडानम्बर ४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीको पहिचान खुलेको हो । अन्य २ जनाको परिचय खुल्न बाँकि छ भने घाइते रुपन्देहीको सिद्धार्थ नगरपालिका वडानम्बर ४ का ३० वर्षीय अनिल यादव रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…