Logo आश्विन १५, २०७७ बिहीबार


झाडीमा फालेको नवजात शिशुको उद्वार, १७ वर्षीया युवती पक्राउ

फाइल : तस्वीर

काठमाडौं । राजधानीको कागेश्वरी मनोहरा नगरपालिका स्थित पेप्सिकोलामा नवजात शिशु जिवित अवस्थामा भेटिएको छ ।
जन्मिएको केही समयमै कपडाले बेरेर झाडीमा फालेको अवस्थामा फेला परेको शिशुलाई प्रहरीले जिवितै प्रहरीले उद्दार गरी पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पताल पठाएको छ ।

मदरल्याण्ड अस्पताल पछाडिको झाडीबाट बच्चालाई उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।  प्रहरीले सिन्धुपाल्चोकको सिपापोखरी घर भएकी १७ बर्षीया किशोरीलाई बच्चा जन्माएर वेवारिसे अवस्थामा झाडीमा फालेको आशंकामा पक्राउ गरेको छ । ती किशोरीले प्रहरीसँग ‘बच्चा आफ्नो नभएको’ बयान दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।