Logo आश्विन ९, २०७७ शुक्रबार


एकै परिवारमा तीन जनामा काेराेना, नारायणगढ क्षेत्रमा उच्च सतर्कता

काठमाडाैं । एकै परिवारको तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि चितवनको नारायणगढ क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय पुरुषका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि नारायणगढमा सतर्कता अपनाइएको हो ।

सतर्कताका लागि संक्रमितको घर रहेको पुतलीबजार क्षेत्र सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा पनि संक्रमण पुष्टि भएको हो । ४६ वर्षीय छोरा र ३८ वर्षीया बुहारीमा संक्रमण पुस्टि भएको थियो । उनीहरू भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रका स्थायी बासिन्दा हुन् ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो । शुक्रबार साँझ सशस्त्र प्रहरी राखेर त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । एकै घरका तीन जनामा संक्रमण देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको समेत पहिचानगरी परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’