Logo आश्विन ९, २०७७ शुक्रबार


अमेरिका

कविता

अमेरिका आहा !
भू-स्वर्ग

सुन्दर-शान्त-विशाल
सोच्दै मन बहलिने

लभ इन फष्ट साइट सायदै यही हो।

किन्तु !
मन बहलाउँदैन अमेरिका
अपितु, बॉंधिदिन्छ जीवन बेस्कन :

बाधिँनु, आहा ! हुन्छ र ?

जहॉं मिसिसिपी रिभरहरू गुनगुनाउॅंदैनन् मृदुल गुन्गुनाहट
अलाप्छ फगत नैरास्य
जसरी नारायण गोपाल गाउॅंछन् ‘मेरो उठ्ने पालो’

जहाँ बग्दैन डेलाह्वेर रिभर
सुसेल्दै रेशम  फिरिरको झैँ माधुर्य

जहाँ नायगरा फल्सको छॅंङछॅंङले गाउँदैन
जोर्ज फ्लोयडको आलाप
आईकन्ट ब्रेथ अफिसर ! आई कान्ट।।।।

जहॉं
न्यूयोर्कका बलिया कॉंध
स्टक एक्चेन्जको डमरू बजाउॅंछ

नचाउॅंछ मुटु भएर पनि मुटु नभएका धनानन्दहरूलाई
जसरी बिरालोले नचाउॅंछ बबुरो मुसो

हडसन रिभर व्यस्त छ
‘लियोपोल्ड द्वितिय’-को प्रस्तुति गान गर्नमै


नजिकै आँखामा पट्टि बॉंधिन बाध्य स्ट्याचू फ लिबर्टी
पुछिरहेकी छिन् अहंकारी विर्य

दबिएका स्वरमा कराउँदैछन्
कृशावस्थाका दुई वृद्ध प्रसान्त र एट्लान्टिक
हडसन रिभरको स्वरमा स्वर मिलाउँदै

उता, सेतो घर सुस्केराको लहु पिउन
एनाकोण्डा कोरल्न व्यस्त छ

सेतो घरमा बस्ने काला जूकाहरू
लाशको बिस्कुन लागी सक्दा पनि
सुन्दैनन्,अह ! सुन्दैनन्
कोरोनाको भुन्भुनाहट

क्लामेट चेन्ज !
अ सिरियस थ्रेट
नो… नो… स्टप ! लेट मि टेल यू सम्थिङ

ईट ईज अ होक्स
उई डन्ट बिलिभ्स अन ईट
ईट ईज जस्ट एन प्रोपोगन्डा क्रिएडेट बाई सो कल्ड मिडिया

वक्तव्य बाजी गर्छ सेतो घर

एकता छ र छैन पनि
समता छ र छैन पनि
अवसर छ र छैन पनि

एक यम
दुई नियम
आहा ! कसरी हुन्छ ?

बिछ्याउनामा कहॉं सुत्छ र अमेरिका
घडीमा सुत्छ र घडीमै उठ्छ
नौरंगी अवतार प्रस्तुत गर्छ

रातो, पहेलो र हरियो बत्तीको सहायतामा परेड खेल्छ

यहॉं कालो रोडले
दिनभरी, रातभरी अनिदा मुर्दालाई बोकेर दौडन्छ

क्लान्त र शिथिल रोड
अनि गाउॅंछ
आई कान्ट ब्रेथ अफिसर ! आई कान्ट !

बहिरो अमेरिका केही सुन्दैन

बफेट,रेस्टुरेन्ट र बारको मादक्तामा रमेको अमेरेकिलाई
सुत्ने फुर्सदनै कहॉं

यहँ क्राईष्ट क्रुजमा छन्
यहोवा बाईबलको कुनै अध्यायमा सिमित गरिएका छन्

सारा पातकीको पाप धुन शुली चडेका जिजस क्राईष्ट
भन्दै होलान माथि कतै पिता परमेश्वर यहोवाको राज्यमा

क्राईष्ट उचुस्-
परमपिता परमेश्वर !
अमेरिका ! अमेरिका रहेन

अमेरिका न आहा ! न भू-स्वर्ग

न शान्त,न सुन्दर,न विशाल !

शान्त स्वरमा मधुर मुस्कान सहित झ्याउरे लयमा लय हाली यहोवा भन्नु हुन्छ

यहोवा उवाचस्-

देख्नु र सुन्नु यी दुई बीच चार अंगुल फरक छ
यही सत्य भनी नगुनी कुद्नु त्यहीँनिर नरक छ।।

अस्तु

प्रतिक्रिया दिनुहोस्
विशेष

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…

काठमाडौं। उपत्यकाका नदी नालामा उत्खनन् गरी नदीजन्य पदार्थ ओसारपसार गर्न नपाइने व्यवस्था भएपनि बालुवा व्यापारले तीव्रता पाएको छ । स्थानीय…