Logo आश्विन ९, २०७७ शुक्रबार


‘अन्तर्राष्ट्रिय उडान रोकिने लक्षण छैन’

काठमाडौं । भदौ १ गतेदेखि सञ्चालन हुने भनिएको अन्तर्राष्ट्रिय उडान रोकिने लक्षण नभएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सरकारको अर्को कुनै निर्णय नभए अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरण तयार रहेको बताउनुभएको हो ।

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ । ‘कोरोना संक्रमण रोक्नका लागि हवाई क्षेत्रमा सामाजिक दूरी,सेनेटाइजिङ,पञ्जा, मास्क तथा काउण्टरमा धेरै भीडभाड नगर्ने जस्ता मापदण्ड तयार गरेका छौं’, प्रवक्ता क्षेत्रीले भन्नुभयो, ‘भाडादर बढ्ने भएकाले सुरक्षाको मापदण्ड अपनाएर जहाजको पूर्ण क्षमतामा यात्रु राख्ने तयारी गरेका छौं जसबाट भाडा बढ्ने सम्भावना हुँदैन ।

गत चैत ११ गतेदेखि लागू भएको लकडाउन खुलेसँगै सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । तर देशभर कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय स्तरमा लकडाउन शुरु गरिएको अवस्थामा उडान सञ्चालनबारे भने सरकारले केही निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’