Logo आश्विन १३, २०७७ मंगलबार


गर्भवतीलाई कोरोना संक्रमण, भेरी अस्पतालको प्रसूति वार्ड सिल

काठमाडौं । भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी गर्भवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रसूति वार्ड सिल गरिएको छ । बुधबार पश्चिम रुकुम चौरझारीकी गर्भवती अस्पतालको प्रसुति वार्डमा भर्ना भएकी थिइन् ।

शिशु जन्मिने समय पुगिसकेकाले बिहीबार शल्यक्रिया गर्ने तयारी थियो । शल्यक्रियाको तयारी भइरहेका वेला अचानक ज्वरो आएपछि कोरोना भाइरस परीक्षण गरिएको थियो । शनिबार आएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

गर्भवतीलाई कोरोना पोजेटिभ देखिएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लागिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाशबहादुर थापाले बताए । कोहलपुर शिक्षण अस्पताल कोभिडको ३ लेभलको अस्पताल हो । जटिल खालका कोरोना संक्रमित बिरामीको उपचार त्यहीँ हुने गरेको छ । यसअघि कोहलपुर अस्पतालमा तीनजना कोरोना संक्रमितको सफलतापूर्वक शल्यक्रिया गरिएको थियो ।

कोरोना संक्रमण देखिएकी गर्भवती तीन दिन प्रसूति वार्डमा बसेकाले अन्य बिरामी र स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…