Logo आश्विन १५, २०७७ बिहीबार


कोरोनाका कारण कम्पनी दर्ता रोकियो

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता रोकेको छ ।

तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेड प्रालिको इजाजतसम्बन्धी सेवा स्थगित गरेको जनाएको हो । विभागले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको हो ।

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेको भन्दै विभागले केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरेपनि कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यक बाहेकका सेवा केही दिनका लागि स्थगन गरेको जनाएको हो । यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २०÷२० वटासम्म गरिनेछ । ती सेवा लिन अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत निवेदन तथा कागजात पेस गर्नुपर्नेछ ।

पेस गरिएको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले निकालेको सूचनामा उल्लेख छ । यो अवधिमा बजार अनुगमन, आयातरनिर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी काम भने नियमित सञ्चालन हुने विभागले जनाएको छ । विभागले अत्यावश्यक सेवा लिन आउँदा अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।