साना–ठूला सबै राजनीतिक दलको घोषणा पत्रले देश र जनताकै कल्याणको कुरा गरेका हुन्छन् । तर दुर्भाग्य राजनीतिक दलको व्यवहार तीनका नीति, सिद्धान्त र कार्यक्रमसँग मेल खाँदैनन् । राजनीतिककर्मीले समाजमा फलानो राजनीतिक पार्टीको कार्यकर्ता हुँ भनेर शीर ठाडो गरेर हिड्न सक्ने अवस्था छैन । कार्यकर्ता हुँ भन्दा लज्जाबाेध हुन्छ । परिणाम स्वरुप जनताले राजनीतिलाई नै घृणा गर्न थालेका छन् ।बहुदलीय प्रजातान्त्रिक पद्धतिमा निश्चित विचार, सिद्धान्त, नीति तथा कार्यक्रम बोकेका जनसमुदायको एकताबाट नै राजनीतिक दलको स्थापना भएको हुन्छ । राजनीतिक दलको उद्देश्य नैे विचार, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा आम जनताको सर्वोपरी कल्याण गर्नु रहेको हुन्छ । राजनीतिक दलको सिद्धान्त, विचार र कार्यक्रम राम्रो भएर मात्र हुँदैन । राजनीतिक दललाई व्यवहारमा ल्याउन नेतृत्व एवं कार्यकर्ता असल, अनुशासित र सक्षम भएमा मात्र राजनीतिक दल सफल हुन्छ ।
नेपालमा राजनीतिक दलले जनताको साथ पाएर विशेषगरी २००७ साल, २०४६ साल र २०६२ र २०६३ सालमा प्रजातन्त्रका लागि क्रान्ति भयाे । र ती क्रान्ति सफल पनि भए । वर्तमान अवस्थामा नेपालको राजनीतिमा संघीय गणतन्त्रा स्थापना भइसकेको छ । नेपाली राजनीतिक दल देशमा पटक–पटक क्रान्ति गर्न सफल भए । तर त्यसपछि स्थापना गरिएका व्यवस्था स्थायित्व र नेतृत्वमा असफल हुँदै आएकाे दृष्टान्त हाम्रा सामु छर्लंग नै छ । नेपाली राजनीतिक दलका नेतृत्व र कार्यकर्ता इमान्दार, सदाचारी र चरित्रवान हुन सकिरहेका छैनन् । यही प्रमुख समस्याका कारण सिङ्गो नेपाली जनतामा चरम निराशा छ । आजका दिनसम्म पनि राजनीतिको संक्रमण यथावत् नै छ । जहानियाँ राणा शासन अन्त्यपछि पनि प्रजातान्त्रिकरणको सात दशक लामो नेपाली राजनीति अस्थिरतामा नै बित्यो ।
संविधानसभाबाट संविधान जारी भए पछि संविधान अनुसार स्थानीय तहको निर्वाच, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचनमा दल र उम्मेदवार चयन गर्दा असलको खोजि भन्दा पैसा खर्च गर्न सक्नेको खोजि भएको थियो । नेपाली राजनीति सत्ता स्वार्थमा अल्झेकै कारण राजनीतिबाट निष्ठा, सिद्धान्त र आदर्श हराएको छ । साना–ठूला सबै राजनीतिक दलको घोषणा पत्रले देश र जनताकै कल्याणको कुरा गरेका हुन्छन् । तर दुर्भाग्य राजनीतिक दलको व्यवहार तीनका नीति, सिद्धान्त र कार्यक्रमसँग मेल खाँदैनन् । राजनीतिककर्मीले समाजमा फलानो राजनीतिक पार्टीको कार्यकर्ता हुँ भनेर शीर ठाडो गरेर हिड्न सक्ने अवस्था छैन । कार्यकर्ता हुँ भन्दा लज्जाबाेध हुन्छ । परिणाम स्वरुप जनताले राजनीतिलाई नै घृणा गर्न थालेका छन् । आज चरम बेथितिका कारण राजनीतिक दल प्रति जनता निरास भैरहेका छन् ।
राजनीतिक दलमा सेवाभाव, नैतिकता, अनुशासन, सदाचार एवं सादगीपन जस्ता चरित्र, व्यवहार र सद्गुण हराउँदै गएको छ । राजनीतिमा दुराचारी, व्यभिचारी एवं भ्रष्टाचारीको दबदवा बढेको छ । राजनीतिक दलका सिद्धान्त, विचार, त्याग र समर्पणभाव नाममा मात्र सीमित भएका छन् । कार्यकर्तामा सदाचार, अनुशासन र स्वच्छ–प्रतिस्पर्धाको भाव, व्यवहार र शैली पुरै मरेको छ ।
राजनीतिक दलमा केवल अराजक र अनुशासनहीन भीड जम्मा गर्ने प्रवृत्ति रह्यो । विचार, दर्शन, सिद्धान्त र कार्यक्रमका बारेमा नियन्त्रण र समन्वय गर्ने पद्धति विकास हुन सकेको छैन । राजनीतिक दलमा पारदर्शीता छैन आर्थिक चलखेल र लेनदेनले राजनीतिलाई प्रदूषित गरिरहेको छ । अराजक, स्वेच्छाचारी, अनुशासनहीन, व्यभिचारी, दुराचारी एवं भ्रष्ट्राचारीे प्रश्रयका कारण राजनीतिक अस्थिरता हुन पुगेको यथार्थलाई दलले स्वीकार गर्नै पर्छ ।
नेपाली राजनीति केवल सत्ता केन्द्रित हुँदा, राजनैतिक सिद्धान्त र नीतिविहीन भएको छ । राजनीतिक दलमा सेवाभाव, नैतिकता, अनुशासन, सदाचार एवं सादगीपन जस्ता चरित्र, व्यवहार र सद्गुण हराउँदै गएको छ । राजनीतिमा दुराचारी, व्यभिचारी एवं भ्रष्टाचारीको दबदवा बढेको छ । राजनीतिक दलका सिद्धान्त, विचार, त्याग र समर्पणभाव नाममा मात्र सीमित भएका छन् । कार्यकर्तामा सदाचार, अनुशासन र स्वच्छ–प्रतिस्पर्धाको भाव, व्यवहार र शैली पुरै मरेको छ ।
मनुष्य प्रकृतिको सर्वश्रेष्ठ प्राणी हो यसमा कसैको दुई मत छैन । चेतनशील मानव जाति खान–पिउन, सुत्न, बाल–बच्चा जन्माउन मात्र सीमित भएको प्राणी होइन । मानव भएर जन्मिएपछि परिवार, समाज, राष्ट्र र समग्र पृथ्वीमा मानवप्रति कर्तव्य र दायित्व अपनाउनु पर्छ ।राजनीतिक दल, तीनका नेता तथा कार्यकर्ता समाज सेवामा सपर्पित भएर लाग्नुपर्छ । दलले आचरणलाई सभ्यता र संस्कृतिको परिपे्रक्षमा ठूलो महत्व दिनुपर्छ । आचारण नै दलको आभूषण र महान रक्षक हो । दलको उत्थान र पतन आचारणमा भरपर्छ । व्यक्ति जस्तै जुन दल आचारणहीन अर्थात चरित्रहीन हुन्छ उसको अवस्था अशान्ति र समस्याले भरिएको हुन्छ ।
अहिले नेपालमा एकातिर कोरोना भाइरस संक्रमणको त्रास बढ्दो र फैलँदो छ भने अर्काेतिर मौसमी विपद्को भयावह स्थिति छ । कोरोना बाढी र पहिराले ज्यान लिएकोे छ र करोडौंको क्षति भएको छ । ज्यान गुमाएका र बेपत्ता परिवारले राज्यबाट राहत र सहयोग पाएका छैनन् ।कोराना, बाढी र पहिरोको व्यवस्थापन सम्बन्धी कुनै पनि क्रियाकलापमा राजनीतिक दलको भूमिका शून्य नै छ । कोराना, बाढी र पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलले सक्रियता देखाएका छैनन् । गैरदलीय क्षेत्रबाट समेत विपद् प्रभावितको राहतका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् । विपद् व्यवस्थापन र प्रभावितहरुको राहतमा वितरण र नागरिकको समस्यामा समाधानमा दल एकजुट हुनुपर्छ। नागरिकको उद्धार र राहतमा दलले सक्रियता देखाएमा आम जनताले सकारात्मक ठान्नेछन्। सरकारीस्तरबाट राहत सामग्री वितरण कार्यमा सरकारलाई दलले साथ दिनुपर्छ ।
सबै राजनीतिक दल कोरोना, बाढी र पहिराको विपद् विरुद्ध एक ठाउँमा उभिनु पर्नेछ । उनीहरूले एकीकृत रूपमा नै सबै नागरिकलाई नआत्तिन सन्देश दिनुपर्ने भएको छ । आम नागरिकले भने सर्तकता अपनाउनुपर्छ । उच्च मनोबल बनाएर सबै दल एकसाथ अघि बढ्ने हो भने यस्ता विपदबाट सबैलाई सुरक्षित राख्न सकिनेछ ।
सरकारले कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण रोक्न गत चैत ११ गतेदेखि अपनाएको लकडाउन पद्धति साउन ७ गतेबाट हटाइसकेको छ । सरकारद्वारा समय समयमा मानव सकसपूर्ण जोखिम न्यून गर्नसहयोग गर्न दल पनि तयार रहनु पर्छ । सरकारले विपद्मा सबैको सहयोग लिएर एकीकृत रूपमा अघि बढ्नु पर्छ । राज्यका तत्व अन्तर्गतआम नागरिकको साथसाथै सबै राजनैतिक दल पनि पर्छन् । सम्पूर्ण जनता विपद्को भयबाट बाँच्नुपर्छ । त्यस्तो भयरहित वातावरण सिर्जना गर्नु राजनीतिक दलको दायित्व पनि हो । नागरिकप्रति विभिन्न मुलुकले देखाएको जिम्मेवारी र कर्तव्यबोधबाट हाम्रा दलले पनि केही सिक्नु जरुरी छ । जसरी अहिले विभिन्न मुलुकमा संक्रमणबाट प्रभावित हुने नागरिकको संख्या दिनप्रतिदिन घट्दो अवस्थामा छ । तर नेपालमा भने हालका दिनमा बढ्दोक्रम छ । नेपालमा भने कोरोना, बाढी र पहिरोको सन्त्रास फैलिरहेको छ । यसले आम नागरिकमा बढी चिन्ता छाएको छ । सबै राजनीतिक दल कोरोना, बाढी र पहिराको विपद् विरुद्ध एक ठाउँमा उभिनु पर्नेछ । उनीहरूले एकीकृत रूपमा नै सबै नागरिकलाई नआत्तिन सन्देश दिनुपर्ने भएको छ । आम नागरिकले भने सर्तकता अपनाउनुपर्छ । उच्च मनोबल बनाएर सबै दल एकसाथ अघि बढ्ने हो भने यस्ता विपदबाट सबैलाई सुरक्षित राख्न सकिनेछ ।
विपद् व्यवस्थापनलाई न्यूनीकरण गरी उचित व्यवस्थापनका लागि नेपाल सरकारले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गठन गरेको छ । यस निकायले मात्र विपद् व्यवस्थापन गर्न कठिनाई हने सम्भावना हुन्छ । त्यसैले राजनीतिक दल पनि विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि पर्याप्त जनशक्ति तयार गर्न जागरुक हुनुपर्ने हुन्छ । विभिन्न विपद्को वर्गीकरण गरेर नीति निर्माण तहसम्म दलीय अन्तरसमन्वयको दीर्घकालीन खाका बनाउनु जरुरी छ । विपद् व्यवस्थापनमा राजनीतिक सहकार्य हुनुपर्छ ।
विपद् जोखिम न्यूनीकरण गर्दा विपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न दलीय तयारी आवश्यक हुन्छ । हालको विपद् व्यवस्थापनको पूर्वतयारीको कुरा गर्दा जोखिम क्षेत्रको पहिचानमा कमी देखिन्छ । विपद्पश्चात उद्धार र पुनःस्थापनामा राजनीतिक दलीय उपस्थितिको कमी पाईएको छ। विपद् व्यवस्थापन समयमैराजनीतिक दलको सक्रियता बढाउन सकिएजनधनको क्षति कम गर्न सकिन्छ । राजनीतिक दलको मुख्य कार्य नै प्रणाली निर्माण गर्ने र सुव्यवस्था संस्थापित गर्ने हो । सत्तामा मात्र पुग्ने खेल होइन । सुव्यवस्थित प्रणाली निर्माण गर्ने माध्यम हो । हाम्रो चलनअनुसार आन्दोलनमा भाग लिनुलाई महान कार्य ठानिन्छ तर मानव जगतमा आईपर्ने विपद् व्यवस्थापनमा कुनै चासो दिएको पाइदैन । नेपालका राजनीतिक दलहरूको अपारदर्शी क्रियाकलापले नै दल जनतामा बद्नाम भएका छन् । यसलाई स्वच्छ एवं पारदर्शी ढङ्गले व्यवस्थापन गर्न आवश्यक छ । राजनीतिक दलका नेता आज राजनीतिको मूल उद्देश्य जनताको सेवाभावना विकास गर्न बिर्सेका छन् ।
हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै विषयमा समस्या देखिए पनि सिंगो देश आपत बिपतको संकटपूर्ण अवस्थामा भने एकजुट हुनु आजको आवश्यकता महशुस गरिएको छ । यस्ता विपतपूर्ण संकटका अवस्थामा राजनैतिक दलमा सकारात्मक संस्कार आउनु जरुरी छ । प्राकृतिक एवं मानव निर्मित आपत विपतका संकटयूक्त घडीमा हाम्रा दलले हरबखत ऐक्यवद्धता जनाउनु आजको जनताको माग रहेको छ । नेपालमा प्रजातन्त्रको स्थायित्व, मानव अधिकार, स्वतन्त्र न्याय पद्धति, प्रेस स्वतन्त्रता लगायत प्रजातान्त्रिक मूल्य र मानयतालाई जगेर्ना गर्दै राजनीतिक स्थायित्व कायम गरेर देशलाई समृद्धिको बाटोमा लैजान जनताका प्रतिनिधिका रुपमा काम गर्ने बहुदलीय राजनीतिक पद्धतिमा अनिवार्य मानिने राजनीतिक दलको क्रियाकलाप इमान्दार र अनुशासित हुनु जरुरी छ । तर राजनीतिक दलमा उचित आचरण विकास हुनु पर्दछ ।
बहुदलीय प्रजातान्त्रिक प्रणालीमा जनताका आशा र भरोसाका केन्द्र भनेका नै राजनैतिक दल हुन् । तर बिडम्बना नेपाली राजनैतिक दलको खेती भागबण्डा मै अल्झिएको छ । चुनावी नारा निकै आकर्षक बनाएर जनताको सेवामा समर्पितको आश्वासन दिने राजनैतिक दल आज कहाँ छन् ? आम सर्वसाधारण जनताको संवेदनशील प्रश्न छ ।
जनता कुनै न कुनै राजनीतिक दलमा आवद्ध वा आकर्षित छन् । कतिपय जनता कार्यकर्ता भएर खुलेर हिडेका छन्, । कोरोना, बाढी र पहिरो जस्ता प्रकृतिक विपद्को अवस्थामा जनतालाई सहयोग गर्न सबै दलको एकता आवश्यक हुन्छ । सरकार, राजनीतिक दल र आम नागरिकले राजनीतिलाई साँच्चिकै मर्यादित र सम्मानित बनाउन इमान्दारीपूर्वक सहकार्य गर्दै प्रभावकारी प्रयास गर्ने हो भने राजनीतिबाट हराउँदै गएको मार्यादा र सम्मानलाई स्थापित गर्न सकिन्छ । जनतामा राजनीतिलाई लोकप्रिय बनाउन सकिन्छ ।
बहुदलीय प्रजातान्त्रिक प्रणालीमा जनताका आशा र भरोसाका केन्द्र भनेका नै राजनैतिक दल हुन् । तर बिडम्बना नेपाली राजनैतिक दलको खेती भागबण्डा मै अल्झिएको छ । चुनावी नारा निकै आकर्षक बनाएर जनताको सेवामा समर्पितको आश्वासन दिने राजनैतिक दल आज कहाँ छन् ? आम सर्वसाधारण जनताको संवेदनशील प्रश्न छ । प्रमुख दलले विपद् व्यवस्थापनका लागि लिखित र मौखिक रुपमा आपसी सहमति गर्छन् । तर व्यवहारमा अझै पनि दलीय भागबण्डाका अवशेष विद्यमान छन् । राजनैतिक दल नत कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण फैलन सक्ने जोखिम नियन्त्रणमा एकजुट भए नत मनसुनी विपद्को जोखिम न्यूनीकरणमा । जनतालाई साथ र राहत दिनमा राजनैतिक दलको उपस्थिति प्राय शून्य नै देखिन्छ भन्दा फरक नपर्ला । (रेग्मी प्रहरी नायव उपरीक्षक तथा विपद् विद हुनुहुन्छ )
सुझाव तथा प्रतिक्रियाको लागि [email protected]