Logo आश्विन १५, २०७७ बिहीबार


नेकपा विवाद : आत्मालोचना नै समाधानको बाटो

तर्कले तथ्यको खोजी गर्छ भने
बिना तर्कको बहसले हावाको महल खडा गर्छ।

नेपालको कम्युनिष्ट आन्दोलनमा पार्टीको नेतृत्वले पार्टी भित्र तर्क शैलीको विकास नगरेर हरेक कमिटीभित्र बहसको परम्परालाई विकास गर्यो। जसको परिणाम पार्टीको नेतृत्व तहदेखि लिएर तलसम्म बहसमा आक्रोश पोख्ने र आफ्ना गल्ती ढाकछोप गर्ने प्रवृत्ति मौलाउँदै गयो। तर्क र बहसमा के फरक छ ? बहसमा आक्रोश निस्कन्छ तर्कमा ज्ञान । बहस अहँकारको बन्द दिमागबाट निस्कन्छ र तर्क खुल्ला दिमागबाट ज्ञानको वृद्धि गर्ने इच्छाले। अरु बढी सिक्ने भावनाले। बहसमा अज्ञानताको आदानप्रदान हुन्छ, तर्कमा ज्ञानको। बहसमा मानिसको असमझदारीको स्वभाव थाहा हुन्छ, तर्कमा समझदारीको। जसको मनमा पहिलेदेखि नै असमझदारी र अँहकारको विचार जमेर बसेको छ ।

त्यस्तो व्यक्तिसँग बहस गरेर कुनै निचोडमा पुगिँदैन। एउटा सानो दिमाग र स्वार्थी मुखले जहिले पनि बिना आधारको बहस उत्पन्न गर्छ। उ तर्कदेखि डराउँछ । तर्क गर्नुको मतलब अरुलाई आफ्ना विचार बिना रोकावट भन्न दिनु हो र उसका कुरा धैर्यतापूर्वक सुन्ने शक्ति ग्रहण गर्नु हो। उसलाई आफ्नो मनको राग निकाल्ने मौका दिनु हो। झगडाका कारण जे सुकै होउन् स्थितिलाई सम्हाल्ने कसरी ? नेतृत्वले यसको ठिक अध्ययन गर्ने र ठिक तरिका निकाल्न नसक्ता सधैँ भद्रगोल मच्चिरहेको हुन्छ र यसले कतिपय मानिसको दिमाग ऋणात्मक बन्दै जाँन्छ
भद्रगोलभित्रै रमाउने बानी पर्छ। यस्तो अवस्थामा स्थितिलाई समाल्ने ठिक तरिका के हो त ?

नेपालको कम्युनिष्ट आन्दोलनमा जहिले पनि सत्यलाई आत्मसात गर्ने र आफ्ना गल्तीलाई जस्ताको तस्तै स्वीकार गर्नेतर्फ विकास हुन सकेन। निम्न पूँजीवादी चिन्तनको सामाजिक बाहुल्यता पार्टीभित्र हावी हुनु यसको मुख्य कारण हो।

(१) कमिटीको बैठकमा बसौँ र अरुको कुरा धैर्यतापूर्वक सुनौँ ।

(२) झगडा र प्रतिउत्तर दिने काम नगरौँ।अर्को बोली रहेको बेला बीचमै जवाफ दिने काम नगरौँ। यो तर्क शैली होइन बहस शैली हो।

(३) केही मानिसलाई आफ्ना गल्तीप्रति आत्मालोचना गर्न निकै कठिनताको अनुभव हुन्छ। उनीहरू आत्मालोचनालाई एकैपटक धुरीबाट तल खसे बराबर ठान्दछन्।

(४) यस्तोमा हामीले अन्तरार्ष्ट्रिय अनुभवबाट पनि सिक्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीमा तेतीसको चुनइ सम्मेलनपछि वाङमिङलाई महासचिवबाट हटाइयो। केन्द्रीय कमिटीमा राख्ने कि नराख्ने भन्ने बारेमा केन्द्रीय कमिटीमा गम्भीर रुपमा छलफल चल्यो । बहुमत सदस्य नराख्ने मतमा गए माओत्सेतुङ राख्ने पक्षमा उभिनुभयो । धेरैतर्क बितर्कपछि वाङमिङलाई आत्मालोचना गराएर राख्ने निर्णय भयो। आत्मालोचना गराउने जिम्मा माओत्सेतुङले लिनुभयाे । वाङमिङले ४ दिनको समय मागे। चारदिनपछि माओत्सेतुङ् आत्मालाेचनाको पत्र लिन जाँदा वाङमिङ् ओछ्यानमा सुतिरहनुभएको रहेछ । उहाँले भन्नुभयो – ‘मेरो मनले आत्मालोचना गर्न मानेन जे गर्नुहुन्छ गर्नुस्।’ माओत्सेतुङ् खाली हात फर्किएर आउनुभयो ।

केन्द्रीय कमिटीलाई कन्भिस गरेर बिना आत्मलाेचना नै केन्द्रीय कमिटीमा राख्ने प्रस्ताव राखेर भन्नुभयो – ‘साथी हो वाङमिङ पेटी बुर्जुवाको झण्डा हो चीन पेटी बुर्जुवा बाहुल्यता भएको देश हो ।  त्यसैले उसलाई सडकमा छरिन दिनुभन्दा आफ्नै कोठामा थन्क्याउनु उपयुक्त हुन्छ।’ फोहोरलाई सडकमा छरेर दुर्गन्ध फैलन दिनुभन्दा घरभित्रैको बाकसमा राख्नु बेस हुन्छ। माओत्सेतुङ्ले बहस होइन तर्क गर्नुभयो । तर्कले सिङ्गो पार्टीलाई सधैं एकजुट बनाएर लग्यो। लेनिनको तर्कले पार्टीलाई गोलबन्द गर्दै अक्टोवर क्रान्ति भयो समाजवादको ढोका खुल्यो।

(५) नेपालको कम्युनिष्ट आन्दोलनमा जहिले पनि सत्यलाई आत्मसात गर्ने र आफ्ना गल्तीलाई जस्ताको तस्तै स्वीकार गर्नेतर्फ विकास हुन सकेन। निम्न पूँजीवादी चिन्तनको सामाजिक बाहुल्यता पार्टीभित्र हावी हुनु यसको मुख्य कारण हो।

(६) तर्क गर्नुको मतलब ठिक समयमा ठिक कुरा गर्नु मात्र होइन बरु बेठीक कुरालाई नभन्नु पनि हो।

(७) माथिल्लो नेतृत्वले तलका कमिटी मातहतका कार्यकर्तालाई के शिक्षा दिने ? एक अर्कालाई सम्मान गर्ने ख्याल गर्ने र एकले अर्कालाई माया गर्ने संस्कार हुर्काउने कि दिनहुँ झगडा बढाउने, दूरी बढाउँदै कमिटीका बैठक नै नचल्ने अवस्थामा पुर्याउने ? नेतृत्व तहको मुख्य पदमा बस्नेले ठूलो भएको नाताले झगडा नगरी आफ्नो असहमतिलाई सम्मानपूर्वक राख्ने कला सिक्नुपर्छ। बहसको समयमा एउटा व्यक्तिले आफूलाई कसरी प्रस्तुत गर्छ ? कसरी उ तर्कबाट चिप्लिएर कुतर्कतर्फ उन्मुख हुन्छ। यो प्रष्टै देखिन्छ ।

बहसबाट तर्कमा फर्कने तरिका
(१) खुल्ला र खुल्लस्त होउँ जालझेल र षड्यन्त्र नगरौं।
(२) बहसमा रातो पिरो नबनौँ न तातियौँ।
(३) अरुबोल्दा बीचमा उठेर कुरा नकाटौं।
(४) आफ्नो विचार राख्नु अघि अरुका विचार पनि धैर्यतापूर्वक सुनौँ ।
(५) कुरा नसुनी अनुमानमा कसैको खण्डन नगरौँ ।
(६) बैठकमा पूर्ण रुपमा बसेर सबैका कुरा सुनौँ र त्यसको समीक्षा गरौँ सत्य कुरालाई आत्मसात गरौँ।
(७) कुरा स्पष्ट नभएमा प्रश्नकाे आदान प्रदान गरौँ र प्रष्ट भएर मात्र धारणा बनाआँ।
(८) कुरालाई बढाई चढाइ पेश गर्ने नगरौँ ।
(९) कुरालाई मनाउन फकाउने दबाउने र धम्काउने नगरौं, उत्साहित गरौँ र हौसला बढाउने गरौँ।
(१) सही कुरालाई स्वीकार्ने बानी बसालौँ।
(११) सानो विषयलाई आफ्नो निजी प्रतिष्ठाको विषय नबनाउँ।
(१२) नम्र स्वभावमा ठोस तर्क पेश गरौँ । नचाहिने बहसमा रातो पिरो बनेर स्वास्वा र फ्वाफ्वा नगरौँ।
(१३) अज्ञानीसँग बहसमा फसेर उसलाई माथि उठाउने काम नगर्नुहोस्। उसका तर्क एकदमै कमजोर
र तथ्यहीन हुन्छन् तर बोली तिखोरुखो र कठोर हुन्छ।
(१४) विचार विमर्श गर्दा जहिले पनि एउटा कुरा मनमा राख्नुहोस्, हुनसक्छ कतै मपनि गलत छु कि ?

(पूर्व मन्त्री न्याैपाने नेकपा स्थायी कमिटी सदस्य हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।