कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतक ७५ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कास्कीमा एक र पर्सामा एक जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय वृद्धको २४ गते मृत्यु भएको बताउनुभएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ की २० वर्षीया युवतीको २४ गते निधन भएको हो । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रवक्ता डा.गौतमले बताउनुभएको छ । याेसँगै काेराेनाबाट नेपालमा ज्यान गुमाउनेकाे संख्या ७५ पुगेकाे छ ।