Logo आश्विन १४, २०७७ बुधबार


नेकपाका सांसदद्वारा एकता जोगाउन हस्ताक्षर अभियान

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले पार्टी एकता जोगाउन भन्दै हस्ताक्षर अभियान थालेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको टकरावले पार्टीमा समस्या उत्पन्न भएपछि सांंसदहरु एकता जोगाउन लागेका हुन् ।

नेकपामा पछिल्लो समय अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर विवाद भइरहेको छ । अध्यक्ष ओलीले आफ्नो कमजोरी नसच्याउँदा शीर्ष नेताहरू नै त्यसविरुद्ध ध्रुवीकृत भएर लागेका छन् । पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

अध्यक्षद्वय ओली तथा दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल तीनै पक्षका ६१ सांसदहरुले हस्ताक्षर सार्वजनिक गर्दै नेतृत्वलाई दबाब दिएका हुन् । कोरोना महामारीले देशको आर्थिक स्थिति कमजोर बनेको अवस्थामा सत्तारुढ दलभित्र विवाद हुनु सकारात्मक विषय नभएको भन्दै सांसदहरुले विधि र प्रक्रियाबाट अगाडि बढ्न शीर्ष नेतृत्वलाई सुझाएका छन् ।

सांसदहरुलाई कित्तामा विभाजन नगर्न समेत नेतृत्वलाई चेतावनी दिएका छन् । उनीहरुले पार्टी फुटाउने गरी दुर्भाग्यपूर्ण स्टेप नचाल्न र कार्यकर्तालाई त्यसमा प्रोत्साहन नगर्न समेत आग्रह गरे । विचार धारा, वैचारिक र संगठनात्मक हिसाबले सुदृढ कम्युनिष्ट पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न लागेको हो की पार्टीलाई टुटफुट र ध्वंस गरेर खरानी मात्रै बुझाउन लागेको हो भन्दै सांसदहरुले प्रश्न समेत गरेका छन् । उनीहरुले नेतृत्वले समस्या समाधान नगरे हस्तक्षेप सम्मगर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…