Logo आश्विन १४, २०७७ बुधबार


‘क्रियाशील सदस्य संख्या नतोकिदासम्म महाधिवेशन आचारसंहिता लाग्दैन’

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यको संख्या नतोकिदासम्म महाधिवेशन सम्बन्धी आचारसंहिता नलाग्ने बताउनुभएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया शुरु भइसकेकाले आचारसंहिता लागू हुने भन्दै सभापतिले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरीत काम गरेको आरोप लगाएको छ । तर सह–महामन्त्री महतले वडा समितिले सदस्यको नामावली बुझाएपछि र सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने स्पष्ट पार्नुभयो ।

नेता महतले सभापति कुनैपनि किसिमले निरंकुश नभएको समेत बताउनु भएको छ । विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको उहाँको भनाइ छ । फरक प्रसंगमा उहाँले कोरोना रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्नुभयो । सरकारले लकडाउनलाई नै उपलब्धिको रुपमा लिएकाले अहिलेको स्थिति आएको महतले बताउनुभयो ।

उहाँले विदेशबाट सीमा मार्फत आउने नेपालीको व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलिएको बताउनुभयो । सरकारले लकडाउनको समयलाई शक्ति संघर्ष, आन्तरिक सत्ता संघर्षमा खर्च गरेकाले पनि अहिलेको अवस्था आएको महतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्याैपाने / टिप्पणी काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरसंघर्ष चर्किएको अवस्थामै चर्चामा आएको…

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…