Logo आश्विन १४, २०७७ बुधबार


वित्तीय संस्थाका कर्मचारीलाई आलोपालोमा काम गर्न निर्देशन

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आलोपालो प्रणालीबाट काममा लगाउन निर्देशन दिएको छ । आइतबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई भनेको हो ।

विभिन्न स्थानमा बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवगमनमा जोर/बिजोर प्रणाली लगायत भएकाले वर्क फ्रम होम को व्यवस्था मिलाएर काम गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकलाई जानकारी गराउन पनि भनेको छ । विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…