Logo आश्विन १४, २०७७ बुधबार


उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह

काठमाडाैं । उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारबाही गर्न आग्रह गरेको छ । फोरमका अध्यक्ष समेत रहनु भएका काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिने भन्दा बढी मानिसहरु भित्रिएकाले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताउनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । समुदायस्तरमा कोरोना फैलिएकाले जात्रा पर्वहरु स्थगित गरिए जस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिबन्ध गर्नुपर्ने माग गरिएको उहाँले जानकारी दिनुभयो ।

फोरमले सार्वजनिक यातायात निषेध गरी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि सरकारलाई आग्रह गरेको छ ।उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…