Logo आश्विन १५, २०७७ बिहीबार


बैङ्क तथा वित्तीय कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जोखिमलाई दृष्टिगत गर्दै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई आइतबार सर्कुलर जारी गरेको हो ।

बैङ्क तथा वित्तीय संस्थालाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैङ्किङ सेवा प्रवाहलाई निरन्तरता दिन तथा राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ । प्रादेशिक शाखाहरू न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले आग्रह गरेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

मैथिली भाषामा एकरुपता नरहेको र पाठयक्रमसँग सम्बन्धित भाषामा विज्ञहरु नरहेको हुनाले पनि यस्ता समस्या हुने गरेको केन्द्रको भनाइ छ ।

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।