Logo आश्विन १४, २०७७ बुधबार


सिसिएमसीको प्रस्ताव ‘विद्यार्थी भर्ना र परीक्षा असोजबाट गरौं’

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)  संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले महामारीका कारण रोकिएको विद्यार्थी भर्ना तथा परीक्षा कार्य असोज १ गतेबाट सञ्चालन गर्नेगरी प्रस्ताव गरेको छ ।

आइतबार बसेको सिसिएमसीको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नसकिने भन्दै असोजबाट सञ्चालन गर्ने प्रस्ताव गरेको हो । साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारी फैलन क्रम नरोकिएपछि विद्यार्थी भर्नाअघि बढ्न सकेको थिएन ।

पछिल्लोसमय कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौमा पनि परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने सिसिएमसीको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…