Logo आश्विन १५, २०७७ बिहीबार


हिमपहिराेमा ज्यान गुमाएका परिवारलाई १० लाख

कास्की ।  हिमपहिराेमा परेर ज्यान गुमाएका पथप्रदर्शक सरोज परियारको परिवारले १० लाख रुपैयाँ पाएका छन् । सरोजका परिवारलाई ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलले बीमा वापत १० लाख सोमबार दिएको हो ।

मृतकका बुबा ससे परियारलाई टान अध्यक्ष हरि भुजेल र बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय निर्देशक कविराज पौडेलले बीमा वापतको चेक हस्तान्तरण गर्नुभयो । अध्यक्ष भुजेलले पदयात्रा मजदूरले पदप्रदर्शकका रुपमा सधैँ देशको रहनसहन, संस्कृति र भूगोललाई विश्वभरि चिनाउन अतुलनीय भूमिका खेलेको उल्लेख गर्दै राज्यले तिनको सुरक्षाका बारेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

टानका निवर्तमान अध्यक्ष एवम् खोज तथा उद्धार टोलीका संयोजक दीपक अधिकारीले टानले संस्थागत दायित्व पूरा गर्दै मजदूरको बीमा गराएको उल्लेख गर्नुभयो । किनोको टेक्स एण्ड एक्सिपिडिशन प्रालि कम्पनीबाट चिनियाँ पर्यटक लिएर पदयात्रा गएका परियार अन्नपूर्ण आधार शिविर हिङ्कु केभ देउरालीमा हिउँपहिरामा परेका थिए । माघ १६ गते टानका प्रतिनिधि र मृतकका दाजु सन्दीपसहितको उद्धार टोलीले परियारले प्रयोग गरेको नीलो रङको टोपी र स्लीपिङ ब्याग घटनास्थलमा फेला पारेको थियो । सो घटनामा चार कोरियाली र तीन नेपालीको मृत्यु भएको थियो ।

दुई नेपाली काठमाडौँको कम्पनीबाट गएका थिए भने परियार पोखराको कम्पनीबाट गएका थिए । परियारसँग गएका चिनियाँ पर्यटकलाई भने सकुशल उद्धार गरिएको थियो । मृतक २१ वर्षीय सरोज चितवन, भरतपुर —१३ का बासिन्दा थिए ।  संस्थाका सचिव जीवनराज सापकोटाले कमाएर खाने मान्छेकै मृत्युपछि परिवारमा भोग्नुपर्ने समस्यालाई ध्यान दिएर थोरै भए पनि संस्थाले बीमा गराउँदै आएको जानकारी दिनुभयो । सापकोटाका अनुसार टानले हरेक वर्ष सामूहिक रुपमा २५ पथप्रदर्शक र ५० सहयोगीको रु १० लाख बराबरको बीमा गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मलमासका कारण यस वर्षका अब आउने सबै चाडपर्व केही ढिला हुने समितिले जनाएकाे छ ।

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…