Logo आश्विन १५, २०७७ बिहीबार


महामारीप्रति प्रदेश सरकार गैरजिम्मेवार बनेको भन्दै चिन्ता

काठमाडौं । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरूले कोरोना महामारीको समयमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका गैरजिम्मेवार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वडाध्यक्षहरुका तर्फबाट पोखरा महानगरपालिका दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार विज्ञप्ति जारी गर्दै महामारीका समयमा सरकार र पोखरा महानगरपालिकाले विशेष चासो दिन आवश्यक रहेको भन्दै ध्यानाकर्षण गराउनुभएको हो । महामारीका कारण भयावह अवस्था सिर्जना भएको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय सरकारको मुख ताक्नुभन्दा आफै सुरक्षितरूपमा रहनुपर्नेमा विज्ञप्तिमा जोड दिइएको छ ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, कार्यक्रम नगर्न, भीडभाड नगर्न, व्यापार व्यवसाय गर्दा स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी अपनाउन, साबुनपानीले नियमित हात धुन र मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । पोखरामा १४७ सङ्क्रमित भइरहँदा आइसोलेसन वार्डमा थप श्यया व्यवस्था गर्न काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सबै कम्पनीले बिक्री गर्ने वस्तुहरु सबै स्टलमा पाउने गरी व्यवस्था मिलाइएको सुवेदीले बताउनुभयो ।

धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा दश लाख रुपैयाँ रहेको छ ।

अस्पताला भर्ना भएका पाँच जना बिरामीहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

काठमाडौं । जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने…

काठमाडौं । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरी सरकार सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको…

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख १२ हजार २ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक…