Logo आश्विन १३, २०७७ मंगलबार


चाडपर्वले सामाजिक एकता कायम गर्छ : मुख्यमन्त्री गुरुङ

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले एकअर्काबीचको सम्बन्धलाई मजबुत बनाउने बताउनुभएको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटे २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश दिँदै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

नेपालमा विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आइरहेको उहाँको भनाइ छ । उहाँले यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा लिएको बताउनुभएको छ ।

गुरुङ समुदायमा चैत महिनाको अन्तिम मंगलबार उधौली र साउन महिनाको अन्तिम मंगलबार उभौलीका रूपमा वर्षको दुईपटक विभिन्न कार्यक्रम गरेर ट्होटे पर्व मनाउने प्रचलन छ । परापूर्वकालमा ग्रामीण भेगमा भूतप्रेत भगाई बैरी शत्रु नलागोस् र खेतीपाती राम्रो होस् भन्ने कामनासहित यो पर्व मनाउन शुरु गरिएको धार्मिक मान्यता पाइन्छ । सोही अवसरमा लामो समयदेखि जारी बन्दाबन्दी हटे पनि कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन मुख्यमन्त्रीले अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…