Logo आश्विन ९, २०७७ शुक्रबार


प्रकाशले गरेका रहेछन् हत्या, छोरामाथि व्यर्थ शंका

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरका खाती दम्पतीको साउन १६ गते राति करिब १ बजेतिर धारिलो हतियार प्रहार गरी हत्या भएको हाे ।

घटनामा खातीकी ६८ वर्षीया श्रीमती बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भएको थियो भने ७० वर्षीय श्रीमान घनश्याम खातीको उपचारका क्रममा साउन २५ गते राति कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । घटनाका अभियुक्तलाई जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

शुरुमा हत्या आशंकामा मृतकका छोरामाथि अनुसन्धान गरिए पनि उनी निर्दोष रहेको र मृतकका छिमेकी प्रकाश ऐरले व्यक्तिगत रिसिइबीका कारण हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न रवि रानाको घरबाट नेपाली एक लाख पचास हजार नगद, चार थान मोबाइल र उनीहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चालक अनुमति पत्र प्राप्त गर्नका लागि पच्चीस वर्ष र सहचालकको हकमा बीस वर्ष उमेर पुगेको हुनुपर्नेछ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’