नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ८४ पुग्यो

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको हो । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनलाई चार दिनअघि ज्वरो आएपछि स्वाब परीक्षण गर्न दिएका थिए ।
उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।