Logo आश्विन ९, २०७७ शुक्रबार


पत्रकारकाे समस्या समाधानका लागि चौलागाईँद्वारा महानिर्देशकसँग भेट

काठमाडौ । वर्तमान समयमा पत्रकारहरुमा देखिएका केही समस्याका समाधानका लागि पत्रकार गोविन्दप्रसाद चौलागाईँले सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई भेट्नुभएको छ ।

प्रेस पास नवीकरणका लागि विवरण पठाउने म्याद थप, अनलाइन दर्ता, नवीकरण, श्रमजीवी पत्रकारले समयमा पारिश्रमिक पाए नपाएको जस्ता विभिन्न समस्याका बारेमा ध्यानाकर्षण गराउन चौलागाईँले महानिर्देशक किरणराज शर्मालाई भेट्नुभएको हो ।

‘कोरोना संक्रमणबाट बच्नका लागि संख्या तोकेर दर्ता तथा नवीकरण भइरहेको छ, संख्या केही थप गरिदिन हामीले आग्रह गरेका छौं, ‘नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका चौलागाईँले भन्नुभयो, ‘देशभरका पत्रिकाहरुले पाउने लोककल्याणकारी विज्ञापनवापतको रकम समयमा उपलब्ध गराइदिन पनि हामीले माग गरेका छौं ।’

मागका विषयमा माथिल्लो निकायसँग समन्वय गरेर टुङ्ग्याउने महानिर्देशक शर्माले आश्वासन दिनुभएको चौलागाईँले बताउनुभयो । विवरण पठाउने म्यादका सम्बन्धमा केही दिनपछि सूचना प्रकाशित गरी म्याद थप गर्ने सहमती भएको उहाँको भनाइ छ ।

चौलागाईँले सूचना प्रकाशित भएपछि तोकिएको समयभित्रै छुटेको विवरण पठाउन सञ्चारगृहलाई आग्रह पनि गर्नुभएको छ ।

छलफलमा वरिष्ठ पत्रकार शुभेच्छा बिन्दू उपस्थित हुनुहुन्थ्याे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’