Logo आश्विन १३, २०७७ मंगलबार


बहुविवाह मुद्दाका फरार महिला ६ वर्षपछि पक्राउ

काठमाडौं । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो । विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् ।

अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

एक महिना नबित्दै ४० पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महिना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ । प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ ।

बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कारलगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…

बागलुङ । सामान्यतः सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मंसिरमा हुन्छ तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा…