Logo आश्विन ९, २०७७ शुक्रबार


पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत

तनहुँ । म्याग्दे गाउँपालिका–६ बेलौतेमा असार २९ गते पहिराेले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारले राहत पाएका छन् । जिल्ला प्रशासन कार्यालयले लक्ष्मीको परिवारलाई राहत प्रदान गरेकाे हाे ।

पीडित परिवारलाई यसअघि सङ्घीय सरकारका तर्फबाट एक लाख प्रदान गरिसकिएको छ । सरकारले पहिराेबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई दुई लाख र थप मृतक भएमा प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि पीडित परिवारलाई मंगलबार थप एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो ।

सङ्घीय सांसद केदार सिग्देलले रकम मृतककी आमा सनसरीलाई हस्तान्तरण गर्नुभयो । जिल्लामा असार २९ र साउन ५ गतेको पहिरोमा पुरिएर १३ जनाको मृत्यु भएको छ । ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ । सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…