Logo आश्विन १४, २०७७ बुधबार


बूढीगङ्गाले झोलुङ्गे पुल बगाउँदा गाउँ सम्पर्कविहीन

बाजुरा । बूढीगङ्गा नदीमा आएको बाढीका कारण झोलुङ्गे पुल बगाउँदा गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँ सम्पर्कविहीन बनेको छ । पुल बगाएपछि गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको छ ।

पुल बगाएकाले नदी तर्न सक्ने अवस्था नहुँदा गाउँमा जान नै नसकी फिर्ता हुनुपरेको गाँउपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिनुभएको छ । प्रहरी र गाउँपालिकाको टोली सोमबार नै गाउँपालिकाबाट हिंँडेको थियो । नदी तर्न कुनै उपाय नहुँदा टोली फिर्ता भएको छ र हेलिकप्टरमार्फत उद्धार गर्नुबाहेक कुनै विकल्प नरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

त्यस गाउँमा कोही जान सकेका छैनन्, सञ्चार सम्पर्क छैन । कति क्षति भएको भन्ने कुनै जानकारी हुन नसकेको गाउँपालिकाले बताएको छ । पुलसँगै बस्तीसमेत जोखिममा परेको र केही घर समेत बगेको स्थानीयवासी रामबहादुर बुढाले बताउनुभएको छ ।

अजयटोड्की गाउँका २० घरधुरीमा ९७ जना छन् । हेलिकप्टरका लागि पहल भइरहेको र चाँडै उद्धार गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । अजयटोड्की गाँउमा उद्धारका लागि हेलिकप्टर आवश्यकता भएपनि राज्य बेखबर बनेको बताउनुभएको छ । यो संकटमा तिनै सरकार गम्भीर भएर लाग्नुको सट्टा बुढीगंगा नदिमा आएको बाढीले पारेको क्षेतिका बारेमा तिनै तहका सरकार मौनजस्तै बसेको जैशीको भनाइ छ ।

बाढीका कारण बस्ने घरदेखि लगाउने कपडा र एक छाक खानका लागि एक मुठी अन्नसमेत स्थानीयबासीले बचाउन सकेका छैनन् । खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदनराज जैसीले तत्काल हेलिकप्टरबाट खाद्यान्न व्यवस्थापन गरिनुपर्ने पीडितको माग छ । गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने गृहमन्त्रीलाई भेटेर गौमूल, बडीमालिकालगायत नदी क्षेत्रका बस्तीमा पारेको प्रभावका बारेमा सबै जानकारी गराइकिएको र उद्धारका लागि पहल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण ९६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना…

व्यावसायिक भार आइपर्नेछ । मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…