Logo आश्विन ९, २०७७ शुक्रबार


एकैदिन ६ हजार २ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । सुनको मूल्य बुधबार एकैदिन तोलामा ६ हजार २ सय रुपैयाले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च अंकले मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य उच्च अंकले घटेको हो ।

करिब दुई साता अघिदेखि एक लाख रुपैयाँ माथि रहेको छापावाला सुन बुधबार ९५ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस दुई हजार डलरमाथि कारोबार भएको सुन बुधबार एक हजार ८ सय ७८ डलर हाराहारीमा झरिसकेको छ ।

रुसले कोरोना महामारीविरुद्धको भ्याक्सिन पत्ता लगाएको दाबी गरेपछि लगानीकर्तामा अरु क्षेत्रमा आशा बढेसँगै सुनको मूल्यमा उच्च अंकको गिरावट आएको विश्लेषकहरुको अनुमान छ । बुधबार तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि तोलामा दुई सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । सुनचाँदीको मूल्य अझै घट्नसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…