Logo मंसिर १४, २०७७ आइतबार


नेपाल बैंकद्वारा कोरोना कोषमा तीन करोड ४६ लाख प्रदान

काठमाडौं । नेपाल बैंक लिमिटेडद्वारा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने गरी तीन करोड ४६ लाख रुपैयाँ प्रदान गरेको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई रकम हस्तान्तर गर्नुभएको हो ।

हरेक वर्षको मुनाफाबाट एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आए बमोजिक यस वर्ष कोरोना कोषका लागि रकम सहयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिक रकम हस्तान्तरण गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैंकले हालसम्म कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि संघीय सरकारको कोषमा चार करोड ४६ लाख तथा सात प्रदेशको कोषमा पाँच लाखका दरले ३५ लाख रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

संक्रमणको जोखिम कम भएका विभिन्न स्थानीय तहमा पठनपाठन शुरु भएपनि काठमाडौं उपत्यकाको हकमा भने तत्काल विद्यालय नखुल्ने संकेत देखिएको हो…

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…