Logo आश्विन ९, २०७७ शुक्रबार


पत्रकार बलराम बानियाँ मृत भेटिए

काठमाडौं। सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । पत्रकार बानियाँको शव मकवानपुरकाे सिस्नेरीस्थित माण्डाे खाेलामा भेटिएकाे  अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभएको छ ।

पत्रकार बानियाँकाे परिवारलाई तस्बिर देखाएर शवको सनाखत गरिएको एसएपसी थापाले बताउनुभयो । पत्रकार बानियाँ दुई दिनदेखि परिवारबाट सम्पर्कविहीन हुनुहुन्थ्यो । दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा खोजीका लागि निवेदन दिएका थिए ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा बानियाँको खोजी थालेको थियो । बानियाँको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएको त्यहाँका स्थानीयले जानकारी दिएका थिए । बाटो छेउबाट बानियाँलाई हिलैहिलो हिँडेको देखेपछि स्थानीयले त्यता नजान समेत भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बानियाँको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’