Logo आश्विन ९, २०७७ शुक्रबार


जिप खस्दा १ को मृत्यु, १० जना घाइते

फाइल तस्बिर

मुगु । छायाँनाथ रारा नगरपालिकामा जिप खस्दा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।  सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकास्थित तारापानीतर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको जिप बुधबार साधेपानीमा सडकबाट करिब सय मिटर तल खसेको हो ।

जिप खस्दा छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका १८ वर्षीय धर्म लावडको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जुम्ला सिञ्जा गाउँपालिका घर भई हाल कोहलपुर सोतयामा बस्दै आएका चालक खेमराज हमाल, सोरु गाउँपालिका–८ रुमका सिद्ध रावल, विर्षना रावल र टेकराज रावल, त्यही गाउँपालिका वडा नम्बर ५ नेरका सुरेश शाही, राजबहादुर शाही, वडा नम्बर ९ कालैका रघु विटालु, भक्त लावड, वडा नम्बर ३ कमलराज बुमी र वडा नम्बर ७ ख्यालचका रुपलाल बुढा घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’