Logo आश्विन ९, २०७७ शुक्रबार


समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताको लागि सिल

तनहुँ ।  समुदायकामा कोरोना पुष्टि भएपछि देवघाट गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बिहीबार देखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । संक्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । ‘संक्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो ।’

थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ ।  संक्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उहाँको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणको लागि भरतपुर पठाइएको छ । अर्का संक्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे हुनुहुन्थ्यो । आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होमक्वारेन्टाइनमा बस्नुभएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब संकलन आइतबार गरिने जानकारी दिनुभएको छ।

भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मंगलबारबार दुई जना समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकाले मंगलबारबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ । यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय आजदेखि बन्द गरिएको छ । समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ ।

समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारी एवं कर्मचारी उच्च जोखिममा रहेको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले समितिको कार्यालय बन्द गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो । अत्यावश्यक सेवाअन्तर्गत दाहसंस्कार व्यवस्थापन कार्य र देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा प्रदान गरिने सेवा भने यथावतरुपमा सञ्चालन हुने घिमिरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साधारणतया विभागले ४/५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ ।

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’