Logo मंसिर १२, २०७७ शुक्रबार


‘प्रधानमन्त्री ज्यू ! दम्भ नदेखाउनुस्, सेकेण्डमा निर्णय हुनसक्छ’ (भिडियाेसहित)

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको उन्मादमा तमासा देखाइरहेको आरोप लगाउनुभएको छ । जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम सन्दर्भमा कुरा गर्दै शाक्यले ओलीको दम्भका कारण लाखौँ नेकपाका नेता कार्यकर्ताको भविष्य खतरामा रहेको औँल्याउनुभयो ।

शाक्यले भन्नुभयो– ‘नेकपामा लाखौँ नेता, कार्यकर्ताको भविष्य जोडिएको छ, एक व्यक्तिका कारण सिंगो पार्टीमा खतरा निम्त्याउन मिल्दैन ।’ स्थायी कमिटीले चाहेमा बहुमतले निर्णय गर्दै प्रधानमन्त्रीलाई फिर्ता बोलाउन सकिने उहाँको धारणा थियो । लामो समयपछिको एकतालाई सुदृढ तुल्याउन लागिपरेको बताउँदै शाक्यले इगोका कारण सिंगो मुलुकको भविष्य अन्धकारमा नलैजान प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री वरिपरिका केही व्यक्तिले दम्भ देखाउँदैमा पार्टी एकता नखल्बलिने उहाँको भनाइ छ । शाक्यले पार्टीलाई टुक्र्याउन खोज्नेहरुले आफ्नो इतिहास बिर्सन नहुने र फर्केर हेर्नुपर्ने बताउनुभयो । नेकपाको एकता क्षणिक नभएको र व्यक्तिगत स्वाःर्थमा लिप्त भएर सिंगो पार्टीमा अस्थिरता निम्त्याउन खोज्नेहरु आफै पतन भएर जाने शाक्यको भनाइ छ ।

भिडियोसहित : 

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…