Logo आश्विन १३, २०७७ मंगलबार


ईङ्गल्याण्ड र पाकिस्तानबीच दोश्रो टेष्ट हुँदै

फाइल तस्बिर

काठमाडाैं । ईङ्गल्याण्ड र पाकिस्तानबीच तीन टेष्टको श्रृंखलाको दोश्रो टेष्ट बिहीबारबाट शुरु हुँदैछ । यी दुईबीचको दोश्रो टेष्ट साउथह्याम्प्टनको रोज बाउल स्टेडियममा हुनेछ ।

पहिलो टेष्टमा हारलाई जितमा परिणत गरेको ईङ्गल्याण्डसँग श्रृंखला जित्ने मौका हुनेछ । दोश्रो टेष्ट ईङ्गल्याण्डले जितेमा उसले १० वर्षपछि पाकिस्तानबिरुद्ध टेष्ट श्रृंखला जित्नेछ । अहिले ईङ्गल्याण्ड श्रृंखलामा १–० ले अघि रहेको छ ।

बिहीबारबाट शुरु हुने दोश्रो टेष्टमा गत वर्ष ईङ्गल्याण्डले वान डे विश्वकप जित्दा महत्वपूर्ण भुमिका खेलेका अलराउण्डर बेन स्टोक्स् हुने छैनन् । उनी पारिवारिक कारणले गर्दा टिममा हुने छैनन् । स्टोक्स्को स्थानमा टप अर्डरका ब्याट्सम्यान ज्याक क्रली प्लेईङ्ग सेटमा खेल्न सक्नेछन् । क्रलीले ईङ्गल्याण्डका लागि अहिलेसम्म ६ टेष्टमा २ सय ६१ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…