सीमा समस्या समाधानमा सरकार गम्भीर नदेखिएकाे आरोप (भिडियाेसहित)

काठमाडाैं । सांसदहरुले नेपालको अद्यावधिक नक्शा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन् । स्ट्रिप नक्शाको वलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । स्ट्रिप नक्शाको वलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको समितिमा छलफल भएको हो । सांसदहरुले नयाँ नेपालको नक्शामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ की छैन भन्ने प्रश्न गर्दै सीमा समस्या समाधानका लागि सरकार तयार नभएको तर्क गरेका छन् ।
बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अद्यावधिक नक्शामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको जानकारी गराउनुभयो । स्ट्रिप नक्शा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपालतर्फ समेत रहेको पनि मन्त्री अर्यालले बताउनुभयो ।