Logo आश्विन ९, २०७७ शुक्रबार


कोरोनाबाट थप चार जनाको मृत्यु, मृतक ९५ पुगे

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । महोत्तरी, धनुषा, मोरङ र अछाममा गरी नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरीको मतियानीका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । छ्यरोग तथा मधुमेह रोगबाट ग्रसीत पुरुषको रामजानकी अस्पतालमा उपचारको क्रममा साउन २५ गते मृत्यु भएको हो । त्यसैगरी धनुषा जिल्ला मिथिला नगरपालिकाकी एक ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । वृद्धाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २८ गते मृत्यु भएको हो ।

मोरङका ५७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मधुमेह तथा उच्च रक्तचापका बिरामी उनको २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी अछामका एक किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मुटुका रोगी किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको प्रवक्ता डा.गौतमले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-मदन ढुङ्गाना / निरज तामाङ काठमाडौं । काठमाडौंको माइतीघर जसको छातीमा हरेक दिनजसो प्रदर्शन गर्ने युवाहरु उफ्रिने गर्छन्, आफ्ना माग…

देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको…

काउन्सिलका अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तीन वर्ष अघि किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा तोकिएको थियो ।

आयोगले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको बताएको छ।

‘सामाजिक न्याय र प्राकृतिक न्यायका क्षेत्रमा महिलाको योगदान अपरिहार्य छ ।’

भगीरथ भण्डारी इलाम । यहाँका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गरे । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन…