Logo आश्विन १३, २०७७ मंगलबार


राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडीकाे काेराेना परीक्षण नेगेटिभ

काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।  लगनखेल स्थित पाटन अस्पतालमा गत सोमबार र मंगलबार स्वाब संकलन गरेका ३४ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।

यस्तै प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । कोरोना परिक्षण गरिएको ५४ मध्ये एक जनाको भने पुनः परीक्षण गर्नुपर्ने एन्फाले बिहीबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

नेपालले असोजमा चाईनिज ताईपे र अष्ट्रेलियासँग तथा कातिकमा जोर्डनसँग खेल्ने तालिका थियो । तर एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल अगामी २०२१ सम्म नहुने सूचना जारी गर्दा टोलीको प्रशिक्षण शुरु नभई स्थगित भएको छ ।

उपत्यका भन्दा बाहिरबाट आएर होटलमा बसेका सबै खेलाडी बिहीबार घर फर्किएका छन् । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि प्रशिक्षण स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।

प्रदेश सरकारले मुख्य समस्या संघीय सरकारबाट जग्गा प्राप्ति नहुुुनुु बताउँदै आएको छ ।

बैतडी । कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख…