जुवा खेलिरहेका १७ जना पक्राउ

कास्की । पोखराबाट जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा–१७ मिलनटोलबाट जुवा खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले उनीहरको साथबाट एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।