Logo मंसिर ११, २०७७ बिहीबार


प्रचण्डले बैठकमा मास्क खोलेपछि…

काठमाडौं । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन सरकारले सर्वसाधारणलाई घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अपिल गर्दै आएको छ । मास्क नलगाई हिँड्नेहरुलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ । शहरका विभिन्न ठाउँ तथा सडकमा तैनाथ सुरक्षाकर्मीले सरकारको निर्देशन कडारुपमा पालन गराइरहेका छन् । सुरक्षाकर्मीले मास्क नलगाई हिँड्नेहरुलाई कारबाही समेत गर्दै आएको छ ।

मास्क नलगाई हिँड्नेहरुलाई सुरक्षाकर्मीले ५ रुपैयाँ जरिवाना गर्ने तथा सडकमा केहीबेर उभ्याएर छाड्ने गर्दै आएका छन् । सर्वसाधाणलाई मास्क अनिवार्य गरिएको छ तर सत्तारुढ दलकै शीर्ष नेताहरुले भने मास्कप्रति त्यति ख्याल गरेको देखिँदैन । कतिपय नेताहरु सार्वजनिक कार्यक्रममा मास्क नलगाई उपस्थित हुने गरेका छन् । कतिपय डोरी कानमा अल्झाए पनि मास्क भने चिउँडाेमा लगाउने गरेका छन् । कसैकसैले हिँड्दा मास्क लगाए पनि कार्यक्रममा बस्दा भने खोल्ने गरेका छन् ।

नेकपाको सोमबार आयोजित सचिवालय बैठकमा पनि त्यस्तै दृश्य देखियो । बैठकका बस्दा अध्यक्ष पुष्पकमल दाहालले मास्क खोलेर टेबुलमा राख्नुभयो । अध्यक्ष दाहालले मास्क खोलेर टेबुलमा राखेपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीले अचम्म मान्दै हेरिरहुनु भयो । बैठकमा बस्दा वरिष्ठ नेता माधवकुमार नेपालले पनि मास्क नाक–मुखबाट सारेर चिउँदोमा पुर्याउनु भयो । नेकपाको ९ सदस्यीय सचिवालयका अन्य नेताहरुले भने सरकारको निर्देशन तथा नियमअनुसार मास्क लगाएको देखियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…