Logo फाल्गुन १५, २०७७ शनिबार


फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं । मध्य फिलिपिन्समा मंगलबार शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् ।

फिलिपिनी भूकम्प मापन केन्द्रका अनुसार भूकम्प करिब ६.६ म्याग्नीच्यूडको रहेको छ । जमिनको सतहबाट करिब २१ किलोमिटर गहिराईमा आएको उक्त भूकम्पको केन्द्रविन्दु काटाइगान तटीय क्षेत्रनजिक रहेको थियो । मास्बेट प्रान्तीय प्रशासक रिनो रिभालोले काटाइगानमा सडकमा धाँजा फाटेको तथा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो । उहाँले प्रभावित क्षेत्रहरुमा प्रहरी, सेना र अन्य उद्धारकर्मीहरु परिचालन भइसकेको पनि बताउनुभयो ।

उक्त भूकम्पको धक्का मध्य भिसायास क्षेत्रका विभिन्न प्रान्तमा अनुभव गरिएको थियो ।प्रशान्त महासागरीय राष्ट्र फिलिपिन्स भूकम्पीय जोखिममा रहँदै आएको छ । सन् १९९० मा उत्तर फिलिपिन्समा आएको शक्तिशाली ७.७ म्याग्नीच्यूडको भूकम्पबाट झण्डै दुई हजार मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।