Logo मंसिर १०, २०७७ बुधबार


दुई डिआईजीसहित ६५४ प्रहरीलाई कोरोना

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई प्रहरी नायव महानिरीक्षक (डिआईजी) सहित मुलुकभर ६ सय ५४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई डिआईजीमा संक्रमण भेटिएको हो ।

हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले दिएको जानकारी अनुसार हालसम्म मुलुकभर ६ सय ५४ जना प्रहरी तथा कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

प्रहरीका दुई सय ५४ जना डिस्चार्ज भएका छन् भने प्रहरीमा हाल ४ सय जना सक्रिय संक्रमितको उपचार भइरहेको कडायतले जानकारी दिनुभएको छ । जसमध्ये प्रहरी प्रधान कार्यलयमा मात्रै १ सय ६३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकाका ३६, प्रदेश १ का २५, प्रदेश २ का ४३, बागमती प्रदेशका ४२, गण्डकी प्रदेशका २३, प्रदेश ५ का ५७, कर्णाली प्रदेशका ६ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…