Logo मंसिर ११, २०७७ बिहीबार


प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा ४ जना पक्राउ

मकवानपुर । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–६ बाट सोमबार साँझ चार जना पक्राउ परेका छन् ।

हेटौंडा–६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेर घरघरमा ढुंगा हानी हल्ला गरिरहेको भन्ने खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीलाई रामनगर बस्ने २६ वर्षीय भक्तराम राउतसहित चार जनाले खुकुरी प्रहार गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…