जिपले मोटरसाइललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु, हवल्दार घाइते

फाइल तस्बिर
कास्की । पोखरामा जिपले मोटरसाइललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा प्रहरी हवल्दार घाइते भएका छन् ।
वडा प्रहरी कार्यालय बैदामबाट मंगलबार राति गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नम्बरको जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको हो। दुर्घटनामा प्रहरी जवान पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेले जीवन गुमाएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको छ ।
दुर्घटनाम प्रहरी हवल्दार बर्दिया मैनापुर–२ का ३४ वर्षीय डम्बरबहादुर थारू घाइते भएका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।