जुवा खेलिरहेका १२ जना पक्राउ

सिरहा । जुवा खेलिरहेको अवस्थामा धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।स्थानीय मदनबहादुर राईको घरबाट नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन । जुवाखालबाट कौडा १६ थान, तीन लाख ६३ हजार ६ सय ४०, भारु चार हजार ८ सय १० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार तीन सय ७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताउनुभयो ।