Logo मंसिर ११, २०७७ बिहीबार


प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

रुकुम (पश्चिम) । प्रहरीलाई हातपात गरेको अभियोगमा चौरजहारी नगरपालिका–३ टाटागाँउका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चौरजहारीका २१ वर्षीय टिकाराम ओलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

चौरजहारी नगरपालिका–८ बस्ने एक महिलालाई स्थानीय केटाहरुले हातपात गरेपछि प्रहरीले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिने क्रममा ओलीले प्रहरीलाई कोदालोले प्रहार गरेको बताइएको छ । प्रहरीले कोदालोसहित ओलीलाई पक्राउ गरेको हो ।

कोदालो प्रहारबाट घाइते भएका एक जना प्रहरी हवल्दारको स्थानीय मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य २ जना फरारको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…