Logo फाल्गुन १६, २०७७ आइतबार


बाढीमा बगेर ज्यान गुमाउने तीन जनाको शव सनाखत हुन सकेन

डोटी । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन । अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो ।

मृतक सबैको शव सदरमुकाम मङ्गलसैन ल्याएको भएपनि उनीहरुको अनुहारमा चोटपटक लागेको र शरीरमा कपडा पनि नभएका कारण शवको पहिचान गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव बुधबार दिउँसो फेला परेको थियो भने बाँकी ११ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सेनाको हेलिकप्टरको प्रयोग गरेर बुधबार रातिसम्म बेपत्ता भएकाहरुको खोजी गर्दापनि फेला पार्न सकेनौँ, अहिले बिहानैदेखि खोजी उद्दार टोली खटिएको छ ।’

बेपत्ता भएकाहरुको खोजी तथा उद्वारका लागि आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासीको टोली खटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । उक्त खोलाले बगाएर बेपत्ता भएका १७ जना स्थानीयबासीको नाम भने खुलेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उक्त खोलाको बाढीमा परि बगेर बेपत्ता हुनेहरुमा रामारोसन गाउँपालिका–५ का ४७ वर्षीय नन्दु साउद, ४५ वर्षीया गङ्गा साउद, १७ वर्षीय रुपेश साउद, छ वर्षीया प्राकृति साउद, ५५ वर्षीय जोगा साउद, ४५ वर्षीय अम्मर शाह, ४० वर्षीया पवित्रादेबी शाह, चार वर्षीय समिर शाह, ३५ वर्षीया सम्झना शाह, ४५ वर्षीय बासु साउद, ४५ वर्षीया लालसरा शाही र आठ वर्षीया बसन्ती शाही रहेका छन् । बेपत्तामध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।

राति पसल तथा घरमा सुतिरहेको अवस्थामा अचानक बाढी आउँदा उनीहरु सबै बगेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीले बगाएर मृत्यु भएका छ जनामध्ये रामारोसन गाउँपालिका–५ का १५ वर्षीय नविन साउद, ३३ वर्षीया गौरी शाह र ४८ वर्षीय चन्द्र साउदको शव सनाखत भएको प्रहरीले जनाएको छ ।

कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पसल, एक जीप, पाँच चौपायासहित १७ जना बगाएको थियो । पानीको वहाव उच्च रहेका कारण शवको खोजी कार्य गर्नमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिवारको कार्यक्रमा पन्तले वलीमाथि टिप्पणी गर्दै ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ पद पाएको…

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…